सुदूरपश्चिम साहित्य र खाना महोत्सव हुने « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

सुदूरपश्चिम साहित्य र खाना महोत्सव हुने



काठमाडौं । कैलाली होटल व्यवसायी सङ्घको आयोजनामा १४ गतेदेखि २० गतेसम्म खाना महोत्सव हुने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीले जनाएको छ । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको छ ।

विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजले जनाएको छ ।

सुदूरपश्चिमको कला र संस्कृतिका बारेमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृतिबारे जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने छ । साथै भारतको सिलगुडी, दार्जि्लिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेशलगायतका देशका साहित्यकार आउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्