स्थिर व्याजदरमा कर्जा लिनुभन्दा चलनचल्तीमै फाइदा (यस्तो छ वाणिज्य बैंकहरुको स्थीर व्याजदरको रेञ्ज)

काठमाडौं । स्थिर ब्याज दर बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले एक वर्षमाथिका ब्यक्तिगत आवधिक ऋणको ब्याजदर स्थिर (फिक्स) गर्न बैंक तथा वित्तीय संस्थालाई एक महिनाअघि निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको निर्देशन तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै बैंकहरुले समय माग गरेका थिए । कतिपय बैंकले यसअघिबाटै स्थिर ब्याज दर कार्यान्वयन गरिसकेका छन् ।
अधिकांशले भने स्थीर कार्यान्वयन ब्याजदर कार्यन्वयनमा ल्याइसकेका छन । स्थिर ब्याजदर चलनचल्तीकोभन्दा केही महंगो देखिएको छ । बेंकहरुले ५ वर्ष अघिको बजार र हुनसंक्ने ५ वर्ष पछिको बजार हेरेर व्यादजर निर्धारण गरेका छन । अहिले बजारमा प्रयाप्त तरलता भएकाले लगानीको क्षेत्र कोरोनाको कारण साँघुरीदै आएको छ ।
बैंकहरुले अहिलेको कर्जा सस्तो भएको समयको फिक्स व्यादजर बेंकहरुले केही बढिनै ल्याएका छन । यो बैंकहरुले निर्धारण गरेको व्याजदरमा सर्वसाधारणको आकर्षण देखिएको छैन । बैंकको असारको आधार दर ७ प्रतिशत छ । फ्लोटिङ (तलमाथि हुनसक्ने दर राख्दा बैंकले आधारमा साढे २ देखि साढे चार प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ । यसो हुँदा ग्राहकलाई साढे दुई प्रतिशत नै प्रिमियम लियो भने पनि ब्याज साढे नौ प्रतिशत पर्छ ।
तर, स्थिर भएकाले बैंकले केही माथि ब्याज राखेको छ । ५ वर्षसम्मको सवारी र घर ऋणको ब्याज १०.७५ प्रतिशत छ । सात वर्षसम्मको सवारीको ऋण ११.७५ प्रतिशत छ । १० वर्षमाथिको घरको ऋणको ब्याज १३.७५ प्रतिशत कायम गरेको छ ।
माछापुच्छ«े बैंक
बैंकले समय अवधिअनुसार स्थिर ब्याजदर निर्धारण गरेको छ । जस्तो १० वर्षमाथिको घर कर्जाको ब्याज ११.८९ प्रतिशत निर्धारण गरेको छ । १० वर्ष अवधिको सवारीसाधन कर्जा १०.९९ प्रतिशतमा दिने घोषणा गरेको छ । अन्यखालको खुद्रा ऋणको ब्याजदर १२.२४ प्रतिशतसम्म निर्धारण गरेको छ । ५ वष कर्जा ९.८९ प्रतिशत ब्याजमै पाइन्छ । सवारी साधन ९.९९ प्रतिशत ब्याजमै उपलब्ध हुने बंैकले जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेष्टमेन्ट बैंकले ७.९९ प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले सात वर्ष अवधिको सवारी साधन किन्न १०.७५ प्रतिशत ब्याजमा पैसा दिन्छ । घर कर्जा समयअनुसार फरक छ । जस्तो १० वर्षसम्मको घरु कर्जाको ब्याज साढे १२ प्रतिशत पर्छ ।
एनएमबि बैंक
एनएमबि बैंकले ५, १०, १५ र त्यसभन्दा माथिका लागि ब्याज निर्धारण गरके ा े छ । बैंकले समय अवधि हेरेर ९.४९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले आफ्नो मुख्य ग्राहक, आफ्नो स्ट्यान्डर्ड रेट र अन्य रेट भनेर तीनखालको ब्याज सार्वजनिक गरेको छ ।
बैंकसँग १५ वर्षसम्मको घर कर्जा लिने हो भने सवा १२ प्रतिशतसम्म ब्याजमा पैसा पाइन्छ । यदि तीन वर्षभन्दा माथिका लागि सवारी कर्जा लिने हो भने ब्याज १० प्रतिशत हाराहारीमै पाइन्छ । विद्युतीय कार किन्नुपर्दा त साढे ९ प्रतिशतमै पाइन्छ ।
राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले साढे ९ देखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । १५ वर्षसम्मको घर कर्जा ११ प्रतिशत ब्याजमा पाइन्छ । सात वर्षसम्मको गाडी कर्जा साढे नौ प्रतिशतमा पाइन्छ ।
नेपाल बैंक
नेपाल बैंकले ९.३५ देखि १३.९३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ६.९९ प्रतिशत आधार दर रहेको बैंकले घर कर्जा कम्तीमा ९.८५ प्रतिशत ब्याजमा मात्र दिन्छ । सवारीसाधन कर्जा १०.८५ प्रतिशत लिन्छ ।
ग्लोबल आइएमई बैंक
यो बैंकले ७.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज दर निर्धारण गरेको छ । १५ वर्षमाथिको घर कर्जाको ब्याज ११.९९ प्रतिशत निर्धारण गरेको छ । ५ वर्षमाथिको अटो लोनको ब्याज ११.९९ प्रतिशत छ ।
नेपाल एसबीआई बैंक
एसबीआई बैंकको स्थिर ब्याज केही महंगो छ । बैंकको ५ देखि १० वर्ष अवधिको साढे १४ प्रतिशत पर्छ । १० वर्षसम्मको सवारी कर्जा लिँदा ब्याज १४ प्रतिशत पर्छ । जबकी बैंकले फ्लोटिङ रेट आधार दरमा बढीमा ५ प्रतिशत निर्धारण गरेको छ । जस्तो अहिले बैंकको आधार दर ८.३९ प्रतिशत छ । बैंकले ५ प्रतिशत नै प्रिमियम लिएछ भने पनि ब्याज १३.४९ प्रतिशत पुग्छ ।
सनराइज बैंक
सनराइज बैंकले समय अवधि हेरेर ब्याज दर साढे १० प्रतिशतदेखि साढे १३ प्रतिशतसम्म निर्धारण गरेको छ । जस्तो १५ वर्षसम्मको घर कर्जा लियो भने ब्याज साढे ११ प्रतिशत पर्छ । ८ वर्षसम्मको सवारी कर्जा लिए ब्याज साढे ११ प्रतिशत पर्छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डुले ९.४९ देखी १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षसम्मको शिक्षा ऋण लिनुपरे साढे ९ प्रतिशत पर्छ । १५ वर्षसम्मको हाउजिङ ऋण लिनुपरे ११.९८ प्रतिशत छ । सवारी कर्जा लिनुपरे साढे ११ प्रतिशतसम्म ब्याज पर्छ ।
सिद्धार्थ बैंक
बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । जस्तो बैंकले ५ वर्षमाथिको सवारी कर्जा १०.९९ प्रतिशतमा दिन्छ । १० वर्षमाथिको घर कर्जाको ब्याज १०.७५ प्रतिशतसम्म पुग्छ ।
सेञ्चुरी बैंक
बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बैंकले १० वर्षमाथिको घर कर्जा १२.७४ प्रतिशतमै दिन्छ । सात वर्षसम्मको निजी सवारीसाधन ऋण १२.२४ प्रतिशतमै उपलब्ध गराउने छ ।
सानिमा बैंक
सानिमाले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । ३ वर्षमाथिको ऋणको ब्याज १३ प्रतिशत पर्नेछ ।
कृषि विकास बैंक
बैंकले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । अटो लोन साढे १० प्रतिशत पर्छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत पर्न आउँछ ।
प्राइम कमर्सियल बैंक
प्राइमले साढे १० देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।
नेपाल बंगलादेश बैंक
बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । ५ वर्षभन्दा माथिको अटो लोनको ब्याज १०.९९ प्रतिशत छ भने २० वर्षसम्मको घर कर्जाको ११.४९ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
नबिल बैंक
नबिल बैंकले एक वर्षसम्मको स्पेसल अफरबाहेक त्योभन्दा माथि अवधिको ब्याजदर निर्धारण गरेको छ । बैंकले १५ वर्षसम्को घर कर्जा ११ प्रतिशतमा दिनेछ ।