अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, २७ यात्रु घाइते - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, २७ यात्रु घाइते



काठमाडाैं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।

सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्ड अन्तर्गत कुरुलेफाँट नजिकै भएको उक्त दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनाको खबर लगत्तै उद्धार कार्य सुरु गरिएको थियो, जसमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा कास्की पोखरा–१९ की ७८ वर्षीया राममाया बस्नेत र ७८ वर्षीया बिन्दु कुँवर रहेका छन्। त्यस्तै, पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका ४५ वर्षीय बस चालक रमेश जिसीले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।

दुर्घटनामा घाइते भएका २७ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये केहीलाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज (प्रभास) र केहीलाई भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको छ। उपचाररत घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।


प्रतिक्रिया दिनुहोस्