प्रधानन्यायाधीशमा डा. शर्माको बहालीसँगै २० दिन बिदा बसिन् न्यायाधीश मल्ल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रधानन्यायाधीशमा डा. शर्माको बहालीसँगै २० दिन बिदा बसिन् न्यायाधीश मल्ल



काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । नयाँ प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माको नियुक्ति भएसँगै उनी बिदामा बसेकी हुन् ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको हैसियतमा मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर, संवैधानिक परिषदले मर्यादाक्रममा आफूभन्दा कनिष्ठ (जुनियर) रहेका डा. शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया पूरा गरी सोही दिन पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्