नेपालमा फाइभ स्टार सुरक्षा र १५ मिनेटमै चार्ज हुने ‘दिपल एस०५ प्लस’ को बिक्री सुरु
नेपालमा फाइभ स्टार सुरक्षा र १५ मिनेटमै चार्ज हुने ‘दिपल एस०५ प्लस’ को बिक्री सुरु
काठमाडौं। नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीको वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको विक्री सुरु गरेको छ ।
एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रुपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ जसले विवेकशिल खरिदकर्तालाई आकर्षित गर्नेछ ।
नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित इभी बनाएको छ । यसमा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटिपी रेन्ज दिन्छ ।
साथै यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिंगसम्म सपोर्ट गर्छ जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो हो । साथै यसले ६ किलोवाटको भेहिकल टु लोड (भिटुएल)सपोर्ट गर्छ जसका माध्यमबाट गाडीबाटै बाह्य उपकरणहरुलाई विद्युत आपुर्ति प्रदान गर्छ ।
विश्वको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ को विजेता एस०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ । साथै १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बायन्ट लाइटिंगले यसको इन्टेरियरलाई प्रिमियम बनाउँछ ।
१५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टम रहेको छ जसले स्मार्ट पार्किंग सम्भव बनाएको छ । साथै यसमा ४जी र ५जी कनेक्टिभिटी रहेको छ जसले चालकलाई हर समय इन्टरनेटसँग जोडिरहेको हुन्छ।
२०२६ दिपल एस०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिंग पाएको छ । यो रेटिंग सुरक्षा विशिषटता मात्र होइन एउटा ग्यारेन्टी पनि हो ।
२०२६ दिपल एस०५ प्लस आफ्नो कारबाट पर्फर्मेन्स, डिजाइन, टेक्नालोजी र सेफ्टी सबै खोज्ने ग्राहकहरुका लागि बनेको हो जो कुनै पनि हिसाबमा सम्झौता गर्न चाहँदैनन् । नेपाली बजारमा यो एसयुभी ५३ लाख ९९ हजार रुपैयाँमा बुकिंग र खरिदका लागि उपलब्ध छ ।













