बजेटमार्फत देशैभरका सुकुम्बासीकाे समस्या सम्बाेधन, यसै वर्ष जग्गा दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बजेटमार्फत देशैभरका सुकुम्बासीकाे समस्या सम्बाेधन, यसै वर्ष जग्गा दिने



सरकारले आगामी आर्थिक वर्षभित्रै देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको स्थायी बासकाे व्यवस्था गर्ने घाेषणा गरेकाे छ।

शुक्रबार संघीय संसद्‍मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट हटाइएका र अस्थायी रूपमा बस्दै आएका सुकुम्बासीहरूको समस्यालाई सरकारले यस पटकको बजेटमार्फत विशेष सम्बोधन गरेको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले भने, “भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाएका छौँ।”

सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण र व्यवस्थापन कार्यलाई कानुनी रूपमा सहज बनाउन सरकारले यसअघि नै भूमिसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले ‘भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३’ समेत जारी गरिसकेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्