सवारी साधनको तेस्रो पक्ष बीमा १० लाख पुग्यो
काठमाडौं । सरकारले तेस्रो पक्ष बीमाङ्क रकम वृद्धि गरेको छ । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ललेले बजेट मार्फत १० लाख पुराएका छन् । बिगतमा यस्तो बीमा ५ लाख रुपैयाँ रहदै आएको थियो ।
‘लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क रकम वृद्धि गरी रू. १० लाख पुर्याइनेछ’, बजेटमा भनिएको छ, ‘सवारी दुर्घटना कम गर्नका लागि सवारी साधनहरूमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गरिनेछ ।’
सथै यसका साथै दुर्घटना, घातक रोग र ढुवानी लगायतको बीमालाई अनिवार्य गरिने नीति बजेटले लिएको समेत बजेटमा उल्लेख छ ।













