शंकास्पद गतिबिधिको आरोपमा दुई चिनिया नागरिक पक्राउ
काठमान्डौ । नेपाल प्रहरीले साइबर अपराध तथा अनलाईन ठगी सम्बन्धी मुद्दामा दुइजना चिनिया नागरिक पक्राउ गरेको छ।
काठमान्डौ महानगरपालिका वडा न- १ नारायणचौर एरियामा बसोबास गरि दुई चिनिया नागरिक भिसिट भिसामा नेपाल आइ भिसाको उद्देश्य बिपरितको शंकास्पद गतिबिधि गर्दैआएको प्राप्त गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले गत सोमबार नक्साल नारायणचौर बाट पक्राउ गरेको हो।
नारायणचौरमा रहेको आर,आर बिल्डिङ्ग एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली बिदेशी मोडल तथा लाइभ हब एपमार्फत अकाउन्ट बनाई बिदेशी तथा भारतीय नागरिकलाई साथी बनाई पैसा माग्ने तथा अन्य शंकास्पद काम गरेको गोप्य सुचनाको आधरमा पक्राउ गरेको बिज्ञप्तिमा जनाइएको छ।
नक्सालबाट पक्राउ गरि अध्यागमन् एन् अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहिका लाहि अध्यागमन बिभाग कालिकास्थान पठएको छ।













