रोल्पामा पिकअप गाडी दुर्घटना: तीन जनाको ज्यान गयो « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

रोल्पामा पिकअप गाडी दुर्घटना: तीन जनाको ज्यान गयो



पहाडी सडकबाट झन्डै पाँच सय मिटर तल गाडी खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँ । रोल्पाको माडी गाउँपालिकामा बिहीबार बिहान एउटा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर २ स्थित व्याङखोलामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूमा एक जना महिला र दुई जना पुरुष रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल पुगेको प्रहरी टोलीले तीनै जनाको मृत अवस्थामा शव फेला पारेको भए पनि उनीहरूको पहिचान भने अझै खुल्न नसकेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परेको गाडीको नम्बर प्लेट समेत अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। बिहान करिब ९ बजेतिर भएको उक्त दुर्घटनामा पिकअप गाडी सडकबाट झन्डै चार देखि पाँच सय मिटर तल खसेको थियो। घटनाको कारण र क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्