यूनाईटेड अजोड इन्स्योरेन्सकाे २२ लाख ३९ हजारभन्दा बढी हकप्रद शेयर बाँडफाँड
काठमाडौँ । यूनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारण शेयरधनीहरूका लागि निष्काशन गरेको हकप्रद साधारण शेयरको बाँडफाँड गरी सोको सूचना सार्वजनिक गरेको हो।
कम्पनीले मिति २०८२ साल फागुन १७ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन गरेको थियो। शेयरधनीहरूले आफ्नो १०० कित्ता साधारण शेयर बराबर १० कित्ता (१००:१० को अनुपातमा) नयाँ शेयर पाउने गरी आवेदन दिएका थिए।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस निष्काशनमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको थियो। त्यसमध्ये रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई २२ लाख ३९ हजार ५२० कित्ता शेयर गत जेठ १४ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
यूनाईटेड अजोड इन्स्योरेन्सको यो हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सन्राइज क्यापिटलn] गरेको हो।















