पेट्रोल, डिजेल र मट्टीतेलमा २ रुपैयाँ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी ३ वटै पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।
भारतमा तेलको मूल्य घटेपछि नेपालमा पनि समायोजन भएको निगमले जनाएको छ । तर ग्यासमा भने मूल्य समायोजन भएको छैन ।