हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० कित्ता बोनस सेयर सुचिकृत
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सुचिकृत भएको छ । कम्पनीकोबोनस सेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले गत आवमा वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको ४ लाख १० हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर अव चाँडै दोस्रो बाजरमा खरिदबिक्री हुनेछ । इन्स्योरेन्सले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १० लाख ८८ हजार रुपैयाँ बोनश सेयर र कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।













