एकैदिन तोलामा ८ हजार २०० रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदी पनि सस्तियो
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। गत बुधबारदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज आइतबार एकैदिन ८ हजार २०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८०० रुपैयाँ तोकिएको छ।
गत शुक्रबार ताेलामा २१०० रूपैयाँ घटेकाे सुनर भाउ प्रतिताेला ३ लाख ९ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। गत शुक्रबार तोलामा ५५ रुपैयाँले घटेको चाँदीको मूल्य आज आइतबार एकैदिन ३३५ रुपैयाँले ओरालो लागेको छ।
आज चाँदीकाे मूल्य प्रतिताेला ४ हजार ८ सय ९५ रूपैयाँ ताेकिएकाे छ । गत शुक्रबार चाँदी प्रतिताेला ५ हजार २३० रूपैयाँमा किनबेच भएकाे थियाे ।















