सुरुङमार्ग पहिलो प्राथमिकतामाः मन्त्री फुँयाल « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

सुरुङमार्ग पहिलो प्राथमिकतामाः मन्त्री फुँयाल



सञ्जु चापागई
हेटौडा
। बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुँयालले सपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई प्रदेश प्रमुख विष्णु पसाईले सपथ ग्रहण गराएका हुन् ।

गत माघ २९ गते नै सपथ गराईने बताईएपनि पार्टीभित्रकै विभिन्न विवादका कारण अन्तिम समयमा उनको सपथ रोकिएपनि अन्तः सपथ ग्रहण सम्पन्न भएको छ । यसअघि उक्त मन्त्रालयका मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेसँगै आफैँले उक्त मन्त्रालयलाई सम्हाल्दै आएका थिए ।

मन्त्री फुँयालले सपथ ग्रहण गरेसँगै भिमफेदी–काठमाडौं सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । उनले सपथ ग्रहण गरेसँगै पत्रकारहरुसँग कुराकानी गर्दै जनताले देख्ने गरि विकासका काम गर्न लागिपर्नेृ बताउँदै उक्त कामको सुरुवात प्रदेशकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुरुङमार्गबाट बाट बताएका हुन् ।

उनले आज अहिलेबाटै प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफुलाई दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने भन्दै सर्भिस विथ स्माईलका साथ आफ्ना कामहरु अगाडी बढाउने प्रतिबद्धता जनाए । मन्त्री फुँयालले आफुहरु शासक नभएको भन्दै कर्मचारीतन्त्रमा परिवर्तन ल्याई जनताको सेवामा लाग्नुका साथै विनम्रतापुर्वक सिद्धान्तमा आधारित भई काम गर्ने प्रष्ट्याए ।

उनले आफ्नो काम सम्पन्न गर्नका लागि कार्यालयको हाताभित्रदेखि सबैमा ध्यान दिनुका साथै अनुशासन, जनताको परिचालन, विनम्रता, जनताको सन्तुष्टिसहितको विकासमा केन्द्रित हुने र ती सबै कामहरु मुख्यमन्त्रीको सपनाअनुसार पुरा गर्ने प्रतिबद्धता जनाए ।

जनताको सेवा जनताकै श्रममा पुरा गर्नुपर्ने बताउँदै उनले श्रम परिचालनसहित ६६ वटा निर्वाचन क्षेत्र, ११९ वटा पालिका, १३ जिल्लामा संचालित ठुला, मझौला तथा साना योजनाहरु आधारित विकासको काम गर्ने बताए ।

संघ, प्रदेश र स्थानिय तह गरि ३ तहको सरकार र जनसहभागितामा योजना निर्माणदेखि फछ्र्यौटसम्मको कामहरु गर्नुपर्ने समेत बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको पुँजीगत विकास खर्च र गुणस्तरीय विकासको जे सपना छ, त्यसलाई पुरा गर्नुलाई पहिलो कामको रुपमा राख्ने बताए ।


प्रतिक्रिया दिनुहोस्