दाबी भुक्तानी ५४ प्रतिशतले बढेपछि नोक्सानमा हिमालयन रि-इन्स्याेरेन्स, सञ्चित नाफा ६९ करोडमा खुम्चियो
काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडलेले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
आज सार्वजनिक भएकाे आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि चैत मसान्तसम्मकाे अवधिमा कम्पनिकाे नाफा ३.३८ प्रतिशतले घटेकाे हाे ।
गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियाे ।
यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन पनि ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँबाट घटेर ४ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ कायम भएको छ।
व्यवसायिक आम्दानी घटेसँगै र दाबी भुक्तानीमा भएको भारी वृद्धिका कारण कम्पनी यस वर्ष नोक्सानमा परेको छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हिमालयन रि–इन्स्योरेन्स यस वर्षको सोही अवधिमा ४ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानमा रहेको छ।
खुद दाबी भुक्तानी गत वर्षको २ अर्ब २८ करोड १५ लाख रुपैयाँको तुलनामा ५४.१३ प्रतिशतले बढेर यस वर्ष ३ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ पुग्नु नै कम्पनी नोक्सानमा जानुको मुख्य कारण देखिएको छ।
कम्पनीको खर्च तर्फ हेर्दा, पुनर्बीमा व्यवसायका लागि गरिने कमिसन खर्चमा भने केही कमी आएको छ। गत वर्षको यसै अवधिमा ८८ करोड ३० लाख रुपैयाँ कमिसन वापत खर्च भएकोमा यस वर्ष घटेर ८५ करोड ४४ लाख रुपैयाँ कायम भएको छ। तर, दाबी भुक्तानी बढेका कारण कम्पनीको कुल खर्च भने ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा काेषमा २ अर्ब १ करोड ९३ लाख रुपैयाँ र महाविपत्ति कोषमा २० करोड ३२ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, नोक्सानीका कारण कम्पनीको सञ्चित नाफा भने गत वर्षको ८२ करोड ७६ लाख रुपैयाँबाट घटेर ६९ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १५०.१८ रूपैयाँ र मूल्य आम्दानी अनुपात १ हजार ३ सय ६३.६२ गुणाले ऋणात्मक रहेको छ।














