पूर्वगृहमन्त्री गुरुङको प्रतिवेदन ग्रहणसहित यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

पूर्वगृहमन्त्री गुरुङको प्रतिवेदन ग्रहणसहित यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू



काठमाडाैं । सरकारले पूर्व गृहमन्त्री एवं रास्वपाका सांसद सुधन गुरुङ माथि भएकाे छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेकाे हाे ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेठ २६ गते बसेको बैठकले ३ अरू निर्णय पनि गरेकाे छ। बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३’ लाई स्वीकृत गर्ने, तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी, दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्