ट्रम्पले शान्ति सम्झौताको दाबी गर्दा स्टेट अफ हर्मुजमा खस्याे अमेरिकी लडाकु बिमान « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

ट्रम्पले शान्ति सम्झौताको दाबी गर्दा स्टेट अफ हर्मुजमा खस्याे अमेरिकी लडाकु बिमान



काठमाडाैं। स्टेट अफ हर्मुज नजिकै अमेरिकी लडाकु बिमान खसेकाे छ। इरान र इजरायलबीच बढ्दो तनावकै बीच साेमबार हर्मुज नजिकै अमेरिकी ‘अपाचे’ लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएको हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडिया रिपोर्टहरूको पुष्टि गर्दै दुर्घटनामा परेका दुवै पाइलटहरू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘पाइलटहरू ठिक छन्। उनीहरूलाई कुनै चोटपटक लागेको छैन। हामी यस घटनाबारे भोलि एउटा आधिकारिक प्रतिवेदन सार्वजनिक गर्नेछौँ, तर मुख्य कुरा पाइलटहरू सकुशल छन्।’

‘द न्युयोर्क टाइम्स’ ले अमेरिकी सेनाको यो शक्तिशाली हेलिकप्टर दुर्घटनामा परेको समाचार सार्वजनिक गरे पनि के कारणले दुर्घटना भयो भन्ने कुरा अझै खुल्न सकेको छैन। दुर्घटना लगत्तै उद्धार टोलीले दुवै पाइलटलाई सुरक्षित रूपमा उद्धार गरिसकेको बताइएकाे छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता ‘अन्तिम चरण’ मा पुगेको र आगामी केही दिनभित्रै सहमति हुने दाबी गरेका छन्। इजरायलसँगको खतरनाक सैन्य टकरावपछि यो सम्झौताको प्रयासलाई निकै महत्वपूर्ण मानिएको छ।

तर, अर्कोतर्फ इजरायलले भने युद्ध रोक्नका लागि ट्रम्पले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिणी लेबनानमा आफ्नो घातक आक्रमण जारी राखेको छ।


प्रतिक्रिया दिनुहोस्