आज कता कता पर्दैछ पानी ? « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

आज कता कता पर्दैछ पानी ?



काठमाडौं । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा कर्णाली प्रदेशलगायत सबै प्रदेशका हिमाली भूभागका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्