एभरेष्ट बैंकद्वारा नेपाल भारत सीमापार तत्काल विप्रेषण सेवाको सुरुवात « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

एभरेष्ट बैंकद्वारा नेपाल भारत सीमापार तत्काल विप्रेषण सेवाको सुरुवात



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नेपाल भारत अन्तरदेशीय रकम स्थानान्तरण सम्झौतापछि आफ्नो मोबाइल बैंकिङ एप “ईबीएल टच २४” मार्फत नेपाल र भारतबीच ‘तत्काल सीमापार विप्रेषण सेवा’ सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार, यस डिजिटल सेवामार्फत अब दुवै देशका नागरिकहरूले छिटो, सहज तथा सुरक्षित रूपमा तत्काल रकम आदान–प्रदान गर्न सक्नेछन्।

नयाँ व्यवस्थाअनुसार नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार तथा मासिक अधिकतम भारतीय रुपैयाँ १ लाखसम्म भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ २ लाखसम्म नेपालमा विप्रेषण पठाउन सक्नेछन्। यसमा मासिक सीमा नहुने बैंकले जनाएको छ।

यस प्रणालीमार्फत ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल भुक्तानी ठेगाना प्रयोग गरी सहजै रकम पठाउन सक्नेछन्। साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो एकीकृत भुक्तानी प्रणाली परिचय नम्बरमार्फत सीधै रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्