आज मन्त्री परिषद बैठक बस्दै, सेबोनले नेतृत्व पाउला ?
काठमाडौँ । आज दिउँसो मन्त्री परिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।
बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने छ ।
बैठकका एजेण्डाहरुमा भने स्पष्ट पारिएको छैन । तर लामो समयदेखि प्रतीक्षा गरिएको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्ति हुनसक्ने अड्कल काटिएको छ ।














