८ वणिज्य बैंकले घटाएर असारमा ब्याजदर, कस्को कति छ ? « Arthapath.com
३१ जेष्ठ २०८३, आइतबार

८ वणिज्य बैंकले घटाएर असारमा ब्याजदर, कस्को कति छ ?



काठमाडौं । पछिल्लो समय बैंकहरूमा तरलता सहज भएसँगै व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरमा निरन्तर गिरावट देखिएको छ ।

असार महिनाका लागि सार्वजनिक गरिएको पछिल्लो विवरण अनुसार ८ वटा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । अन्य बैंकहरुले भने जेठ महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

प्राप्त विवरण अनुसार १७ वटा वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन्। जसमध्ये ८ वटा बैंकले ब्याजदरमा कटौती गरेका छन् भने बाँकी १० वटा बैंकले पुरानै दरलाई यथावत राख्ने निर्णय गरेका हुन् ।

ब्याजदर घटाउने बैंकहरू

लक्ष्मी सनराइज: ४ प्रतिशत

हिमालयन बैंक: ४ प्रतिशत

एनआईसी एसिया: ४ प्रतिशत

प्राइम कमर्सियल: ४ प्रतिशत

स्ट्यान्डर्ड चार्टर्ड: ३.९५ प्रतिशत

एभरेष्ट बैंक: ३.५० प्रतिशत

एनएमबि बैंक: ४.७५ प्रतिशत

कुमारी बैंक: ३.०१ प्रतिशत

यी बैंकहरूले जेठ महिनाको तुलनामा ब्याजदरमा केही बिन्दुले कमी गरेका छन् । विशेषगरी ठूला बैंकहरूले समेत निक्षेपको लागत घटाउने नीति लिएको देखिएको छ ।

यता, १० वटा बैंकले भने असारका लागि जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । कृषि विकास बैंक, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पुरानै दर कायम राखेका हुन् । यी बैंकहरूमा निक्षेपकर्ताले ४.०५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याजदर पाउनेछन् ।

कृषि विकासले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सिटिजन्सले ४.१० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

बैंकहरूले निक्षेप संकलनको लागत घटाएसँगै आगामी दिनमा कर्जाको ब्याजदरमा समेत थप गिरावट आउने अपेक्षा गरिएको छ । निक्षेपमा उच्च ब्याजदर दिने प्रवृत्तिमा आएको यो कमीले वित्तीय बजारमा तरलताको अवस्था सहज रहेको संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्