उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा महानिर्देशक खतिवडाद्धारा राजीनामा « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा महानिर्देशक खतिवडाद्धारा राजीनामा



काठमाडौं । निर्वाचन नजिकै आएका वृला उद्योग वणिज्य महासंघका महानिर्देशक खतिवडाले राजिनामा दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका हुन् ।

उनले आइतबार दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ । महासंघको साधारणसभा र निर्वाचन मंसिर ११, १२ गते काठमाडौंमा हुँदै छ । खतिवडाको कार्यकाल निर्वाचन अवधिसम्म अर्थात् मंसिर मसान्तसम्म थियो तर उनले कात्तिक २९ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

उनले ३० वर्षभन्दा बढीको पेशागत अनुभव संगालेका छन् । खतिवडा नेपाल सरकारको पूर्वसचिव हुन् । योभन्दा अघि पनि उनी महासंघको महानिर्देशक रहिसकेका छन् । प्रदीपजंग पाण्डे अध्यक्ष निर्वाचित हुँदा उनी महानिर्देशकमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्