काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू : पूर्वाधारमन्त्री लम्साल « Arthapath.com
५ असार २०८३, शुक्रबार

काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू : पूर्वाधारमन्त्री लम्साल



काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक विस्तारमा ढिलाइ गर्ने ठेकेदारको ’खुट्टा भाँच्ने’ विवादास्पद धम्की दिएका छन् । आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्डको अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले यस्तो अराजक अभिव्यक्ति दिएका हुन् ।

धादिङको घाटबेसीमा पुगेका मन्त्रीले बिजुलीको पोल सार्ने जिम्मा पाएको सोहन कन्स्ट्रक्सनका ठेकेदारलाई लक्षित गर्दै “फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन“ भन्दै निर्देशन दिएका थिए ।

मन्त्री लम्सालले पोल सार्ने काममा ढिलाइ हुँदा सर्वसाधारणले दु:ख पाएको र दुर्घटनाको जोखिम बढेको भन्दै आवेशमा आएर यस्तो अभिव्यक्ति दिएको देखिएको छ । सो सडकखण्डमा ७४ वटा बिजुलीका पोल सार्नुपर्नेमा ठेकेदारले ढिलाइ गरेको आयोजनाका कर्मचारीले बताएका छन् ।

विद्युत् प्राधिकरणलाई पोल सार्न ५ करोड रुपैयाँ भुक्तानी गरिसक्दा पनि काम अघि नबढेको भन्दै मन्त्री आक्रोशित भएका थिए । मन्त्रीको यो धम्कीपूर्ण अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


प्रतिक्रिया दिनुहोस्