राष्ट्र बैंकद्वारा ७ अर्ब रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले सार्वजनिक गरेको सूचना अनुसार कुल रकममध्ये “क“ वर्गका वाणिज्य बैंकहरूमा ५ अर्ब ६० करोड, “ख“ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा १ अर्ब ५ करोड र “ग“ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ३५ करोड रुपैयाँ लगानी गरिनेछ ।
इच्छुक संस्थाहरूले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर खुलाइ २०८१ असार ३ गते साँझ ७:०० बजेभित्र तोकिएको इमेल ठेगानामा आवेदन दिनुपर्नेछ ृ१े। यो लगानी ३६६ दिनको अवधिका लागि हुनेछ ।
आवेदन दिने बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएको र राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने जस्ता शर्तहरू राखिएका छन् ।












