राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार « Arthapath.com
२ असार २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक ले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८ सिउरेनीटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा असार १ गतेदेखि सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यसैगरी, बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं. ३ नराकोटमा शाखा कार्यालय सिंजा गत जेठ २६ गतेदेखि सञ्चालनमा ल्याएको थियो । यी शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी शाखा कार्यालय सञ्चालन गर्दै आएको छ ।

बैंकले कर्जा, निक्षेप सेवा, एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्