तोलामा १० हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । आज सुनको मूल्यमा उच्च गिरावट आएके छ । आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँले कारोबार भएको सुन आज घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने ३०५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीवार प्रतितोला ४ हजार ९४५ रुपैयाँले कारोबार भएको चाँदी आज घटेर ४ हजार ६४० रुपैयाँमा झरेको छ ।












