लक्ष्मी ल्युब आयलद्वारा ‘ग्यारेज चौतारी’ मार्फत नेपालभर ग्यारेज समुदाय सुदृढीकरण « Arthapath.com
५ असार २०८३, शुक्रबार

लक्ष्मी ल्युब आयलद्वारा ‘ग्यारेज चौतारी’ मार्फत नेपालभर ग्यारेज समुदाय सुदृढीकरण



काठमाडौं। लक्ष्मी ल्युब आयल प्रालिले नेपालभर ग्यारेज चौतारी कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ। समय बदलिएको छ, सडकहरू विकसित भएका छन् र सवारीसाधनहरू अत्याधुनिक बनेका छन्। तर मानिसहरूलाई जोड्ने भावना भने अझै उस्तै छ।

नेपालको परम्परागत पीपल चौतारी जहाँ मानिसहरू भेटघाट, अनुभव साटासाट र सम्बन्ध मजबुत बनाउने गर्थे। ग्यारेज चौतारी आधुनिक प्लेटफर्मका रूपमा विकास गरिएको हो। यसले देशभरका ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ क्षेत्रका व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई ज्ञान आदान–प्रदान, अनुभव साटासाट तथा व्यवसायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको छ।

यस अभियानअन्तर्गत मे महिनामा जनकपुरको ओएम अटो पार्ट, बुटवलको विजय अटो वर्कशप, टिकापुरको सेती मोटरसाइकल वर्कशप, पोखराको निहाल अटो इन्जिनियरिङ तथा थ्री ब्रदर्स अटो इन्जिनियरिङ वर्कशप र काठमाडौंको प्रकाश न्यू जेनेरेसनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

त्यसैगरी, जुन महिनामा पोखराको नयाबजार–८ स्थित क्रिस्टिना एस अटो पार्ट, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट, काठमाडौंको पुतलीसडकस्थित पीएम अटोमोबाइल्स तथा पोखराको अमरसिंह चोकस्थित एड्भान्स अटो वर्कशपमा कार्यक्रम विस्तार गरिएको छ।

हालसम्म देशका विभिन्न स्थानमा १० भन्दा बढी “ग्यारेज चौतारी” कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यी कार्यक्रममार्फत ग्यारेज सञ्चालक तथा मेकानिकहरूलाई प्रत्यक्ष संवाद, प्राविधिक ज्ञान आदान–प्रदान, व्यावसायिक अनुभव साटासाट तथा आपसी सम्बन्ध मजबुत बनाउने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार “ग्यारेज चौतारी” केवल एउटा कार्यक्रम मात्र नभई दीर्घकालीन समुदाय केन्द्रित पहल हो, जसले नेपालको अटोमोटिभ इकोसिस्टमलाई जोड्ने काम गरिरहेको छ।

लक्ष्मी ल्युब आयल प्रा.लि. नेपालमा टोटलएनर्जिज ल्युब्रिकेन्ट्सको आधिकारिक वितरक हो। विश्वस्तरीय ल्युब्रिकेन्ट उत्पादन र ग्राहक–केन्द्रित कार्यक्रमहरू मार्फत कम्पनीले अटोमोटिभ, औद्योगिक, कृषि तथा व्यावसायिक यातायात क्षेत्रका ग्राहकहरूलाई सेवा दिँदै आएको छ। “ग्यारेज चौतारी” जस्ता पहलमार्फत कम्पनीले ग्यारेज साझेदारहरूसँग सम्बन्ध अझ मजबुत बनाउँदै नेपालको अटोमोटिभ उद्योगको विकासमा योगदान पुर्‍याइरहेको छ।


प्रतिक्रिया दिनुहोस्