८१०० एमएएच ब्याट्रीसहितको भीभो वाई५०० नेपालमा सार्वजनिक
काठमाडौ। भीभोले नेपाली बजारमा नयाँ स्मार्टफोन वाई ५०० सार्वजनिक गरेको छ।
यो स्मार्टफोन पर्ल ह्वाइट र मिडनाइट ब्लु गरी दुई रङमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार वाई ५०० मा ८१०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री रहेको छ, जुन भीभोको वाई सिरिजमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो। कम्पनीले यसमा ६ वर्षसम्म ब्याट्री स्वास्थ्य कायम रहने र ५० महिनासम्म सहज सञ्चालनको प्रमाणपत्र रहेको जनाएको छ।
कम्पनीका अनुसार सेल्फ–डेभलप्ड स्पेस स्ट्याकिङ टेक्नोलोजी र म्याजिक क्युब एक्सपान्सन प्याकेजिङ प्रक्रियाको प्रयोग गरी ठूलो क्षमताको ब्याट्रीलाई पातलो डिजाइनमै समायोजन गरिएको छ। यसले एकपटक चार्जमा १० घण्टासम्म लगातार गेम खेल्न सकिने कम्पनीको दाबी छ।
वाई५००मा १.५के इन्फिनिटी एमोलेड डिस्प्ले, एचडीआर१०+ सपोर्ट, १२० हर्ज रिफ्रेस रेट तथा ५ हजार निट्ससम्मको पीक ब्राइटनेस रहेको छ। साथै डुअल स्टेरियो स्पिकर र ६ न्यानोमिटर प्रोसेसर दिइएको छ।
फोनमा आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा उपलब्ध छ। साथै आईपी६९ अन्डरवाटर फोटोग्राफी सपोर्टसमेत रहेको कम्पनीले जनाएको छ।
फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको सोनी मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ।
भीभो वाई५०० ८ जीबी र्यामसँग १२८ जीबी तथा २५६ जीबी स्टोरेजका दुई भेरियन्टमा उपलब्ध हुनेछ। ८ जीबी + १२८ जीबी भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ६१ हजार ९९९ रुपैयाँ तोकिएको छ।
यो स्मार्टफोन भीभोका आधिकारिक रिटेल स्टोर तथा दाराजमार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।













