दुई दिनमै १३ हजार ५०० रूपैयाँले बढ्याे सुनकाे भाउ, चाँदी पनि लगातार महँगिदै
काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। हिजो एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार गत असार १७ गते प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १८ गते २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो भने आज १९ गते पुनः बढेर २ लाख ९० हजार ७०० रुपैयाँ गुगेकाे हाे ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १६५ रुपैयाँ बढेको छ। हिजो प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यसदिन तोलाको ४ हजार ६१५ रुपैयाँ तोकिएको छ।













