सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट « Arthapath.com
२३ असार २०८३, मंगलबार

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष भट्टले सुस्तायको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बतए ।

उनले वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि संगसंगै लिएर आर्थिक सवलिकणका कार्यक्रमलाई बढाव दिँदै जाने कुरामा सकारात्मक रहेको बताए ।

उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको प्रतिक्रिया दिए ।

उनले साना किसानको काम र यसको प्रभावलाई हेरेर अव साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । वास्तविक किसानकोबीचमा पुगेर काम गर्ने र त्यो पनि सफल र सकारात्मक रुपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको भन्दै यसलाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न सके यसको प्रभाव अझै बढाउँदै लैजान सकिने उनको तर्क थियो ।

देशको समग्र आर्थिक अवस्था सुधारमा साना किसानहरुको भूमिका महत्वपूर्ण रहने भन्दै यसतर्फ सरकारले विशेष प्रकारका कार्यक्रम अगाडि बढाउने बताए । साना किसानहरुको उत्थानबाट मात्रै देशमा गरिबी निवारण सहित आर्थिक सामाजिक रुपान्तण गर्न सकिने विषयमा वर्तमान सरकार स्पष्ट रहेको भन्दै साना किसानहरुलाई ढुक्कसंग काम गर्न अनुरोध गरे । सरकारले सरकारी, निजी र सहकारी संस्थाहरुको सवलिकण मार्फत संस्थागत दिगो पनामा विशेष कार्यक्रम अगाडि बढाउने बताए ।

ठूला परियोजना निर्माणसंगै साना उद्यमीहरुले पनि अवसर पाउने भन्दै उनले ठूला परियोजना र पूर्वाधार विकासमा जोड दिँदै साना उद्यमीहरुलाइ पनि संगसंगै अगाडि बढाउने बताए ।

समावेशी सहभागीतामा जोड दिँदै सरकारले अगाडि बढाएको कार्यक्रममा साना किसानको समुह निर्माण र सहभागिताले यसलाइ प्रमाणित गरिसकेको भन्दै साना किसान कार्यक्रम र यसको प्रभावलाई निरन्तर बढाउँदै लैजानुपर्ने धारणा राखे ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सदैव संगसंगै अगाडि बढेको बताए । उनले आगामी दिनमा पनि सरकारले अगाडि बढाएको आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रम कार्यन्वयनमा साना किसान अभियान र यसमा आवद्ध संस्था एवम् सदस्यहरुले प्रतिवद्ध भएर काम गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्