संघीय संसद्को दुवै सदनबाट आगामी वर्षको बजेट पारित
काठमाडाैं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट संघीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ।
प्रतिनिधि सभाबाट यसअघि नै अनुमोदन भइसकेको विनियोजन विधेयक, २०८३ लाई मंगलबार बसेको राष्ट्रिय सभा बैठकले समेत बहुमतका साथ पारित गरेको हो।
प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा आइपुगेको उक्त विधेयकलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वीकृतिका लागि सदनसमक्ष निर्णयार्थ प्रस्तुत गरेका थिए।
राष्ट्रिय सभाको बहुमतले यसलाई अनुमोदन गरेसँगै सरकारलाई आगामी वर्षको बजेट खर्च गर्ने कानुनी बाटो पूरै खुलेको छ।
बजेट पारित भएसँगै सोही बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी वर्षको आर्थिक योजनालाई कार्यान्वयन गर्न आवश्यक पर्ने ‘आर्थिक विधेयक, २०८३’ समेत संसद्मा पेश गरेका छन्।













