एआई सुविधा र शून्य प्रतिशत ब्याजदरसहित इन्फिनिक्स हट ७०
काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन हट ७० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित विभिन्न सुविधा, १२० हर्जको डिस्प्ले, मिडियाटेक हेलियो जी १०० अल्टिमेट प्रोसेसर, ६ हजार एमएएच ब्याट्री तथा ४५ वाट फास्ट चार्जिङजस्ता विशेषता समावेश गरिएको छ।
कम्पनीले हट ७० लाई दुई भेरियन्टमा बजारमा ल्याएको छ। ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ३१ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ३४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
यो स्मार्टफोन थर्मो अरेन्ज, क्वाइट भायोलेट, ग्रीन टेक्स्चर, नाइट पल्स, सिल्भर डान्सर र डाइभ ब्लु गरी ६ रंगमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार हट ७० मा इन्फिनिक्स फ्ल्यासमेमो, माइन्डहब, एआई सर्च, एआई थिम जेनेरेटर, एआई सजेसन्स, एआई इरेजर, एआई एक्सटेन्डर, सङ रिकग्निसन, स्क्यान टु डक तथा फोल्याक्स एआई असिस्टेन्ट लगायतका एआई सुविधाहरू समावेश गरिएका छन्, जसले प्रयोगकर्ताको दैनिक कामलाई सहज र स्मार्ट बनाउने कम्पनीको दाबी छ।
फोनमा रहेको मिडियाटेक हेलियो जी १०० अल्टिमेट प्रोसेसरले गेमिङ, मल्टिटास्किङ, भिडियो स्ट्रिमिङ तथा दैनिक प्रयोगमा सहज र छिटो कार्यसम्पादन गर्ने कम्पनीले जनाएको छ। साथै, ७२ महिनासम्मको फ्लुएन्सी सर्टिफिकेसन प्राप्त भएकाले लामो समयसम्म पनि सहज प्रदर्शन कायम रहने दाबी गरिएको छ।
हट ७० मा ६.७८ इन्चको अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ, जसले १२० हर्ज रिफ्रेस रेट तथा अल्वेज–अन डिस्प्ले सुविधा प्रदान गर्छ। यसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्ने अनुभवलाई थप सहज बनाउने कम्पनीको भनाइ छ।
फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५ वाट फास्ट चार्जिङ प्रविधिले छिट्टै चार्ज गर्न सकिन्छ। गेम खेल्दा तापक्रम कम राख्न तथा ब्याट्रीको दीर्घायु बढाउन बाइपास चार्जिङ सुविधा पनि दिइएको छ।
क्यामेरातर्फ हट ७० मा ५० मेगापिक्सेलको एआई रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। साथै लाइभ फोटो, एआई इरेजर र एआई एक्सटेन्डर जस्ता फिचरले फोटोग्राफी अनुभवलाई थप आकर्षक बनाउने कम्पनीले जनाएको छ।
फोनलाई दैनिक प्रयोगका लागि थप सुरक्षित बनाउन आईपी ६५ डस्ट तथा वाटर रेसिस्टेन्स, एसजीएस पाँच तारे ड्रप रेसिस्टेन्स प्रमाणपत्र तथा मिलिटरी–ग्रेड ड्युराबिलिटी प्रदान गरिएको कम्पनीको दाबी छ।
सफ्टवेयरतर्फ कम्पनीले पाँच वर्षसम्म सुरक्षा तथा सफ्टवेयर अपडेट र तीनपटकसम्म एन्ड्रोइड अपरेटिङ सिस्टम अपग्रेड (छनोट गरिएका भेरियन्टमा) उपलब्ध गराउने जनाएको छ।
ग्राहकलाई खरिद सहज बनाउन कम्पनीले शून्य प्रतिशत ब्याजदर (०% ईएमआई) को सुविधा पनि उपलब्ध गराएको छ। यसका लागि ग्राहकले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
इन्फिनिक्स हट ७० देशभरका आधिकारिक इन्फिनिक्स विक्रेता तथा स्मार्टफोन बिक्री केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।













