गोविन्द कार्की मुख्यसचिव नियुक्त, यी हुन आजको मन्त्रीपरिषद्को ८ निर्णय « Arthapath.com
२४ असार २०८३, बुधबार

गोविन्द कार्की मुख्यसचिव नियुक्त, यी हुन आजको मन्त्रीपरिषद्को ८ निर्णय



काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले यी ८ निर्णय गरेको हो ।


सो लगायत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निम्न लिखित आठ निर्णय गरेको छ ।
निर्णयहरू:
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय

२. कैलालीमा रहेको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान

३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत

४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत

५.कारागार नियमावली: ’कारागार नियमावली, २०८३’ स्वीकृत

६. मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजना स्वीकृत

७. भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत

८. प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने ।


प्रतिक्रिया दिनुहोस्