आईएमएफले विश्व आर्थिक वृद्धिदर घटायो, इरान युद्धबाट ऊर्जा संकट गहिरिने चिन्ता « Arthapath.com
२५ असार २०८३, बिहिबार

आईएमएफले विश्व आर्थिक वृद्धिदर घटायो, इरान युद्धबाट ऊर्जा संकट गहिरिने चिन्ता



काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका–इजरायल र इरानबीचको युद्धबाट उत्पन्न ऊर्जा संकटको असर देखाउँदै सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण ३.१ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ।

आईएमएफका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानीले केही राहत दिए पनि ऊर्जा आपूर्ति र तेल मूल्यमा परेको दबाबका कारण विश्व अर्थतन्त्र सुस्त हुने देखिएको छ। सन् २०२७ मा भने विश्व आर्थिक वृद्धिदर ३.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले सन् २०२६ मा विश्वव्यापी मुद्रास्फीति ४.७ प्रतिशत पुग्ने र सन् २०२७ मा ३.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। होर्मुज जलडमरूमध्यमा जारी तनावका कारण विश्व तेल तथा एलएनजी आपूर्ति प्रभावित भएको छ। अमेरिकाले इरानमाथि पुनः आक्रमण थालेपछि ब्रेन्ट कच्चा तेलको मूल्य ७ प्रतिशतसम्म बढेर प्रतिव्यारेल ७९ डलर नाघेको छ।

आईएमएफले प्रमुख विकसित अर्थतन्त्रमध्ये अमेरिकाको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरेको छ। युरोजोन ०.९ प्रतिशत, बेलायत १ प्रतिशत, क्यानडा १.१ प्रतिशत, जापान ०.६ प्रतिशत तथा चीन ४.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

(फोटोः एआई जेनेरेट)


प्रतिक्रिया दिनुहोस्