शेयर बजार सुस्ताएको विषयमा संसद्मा उठ्यो कुरा !
काठडमाडौं । अहिले शेयर बजारमा देखिएको सुस्ताको विषयमा संसद्मा कुरा उठेको छ । आज बसिरहेको प्रतिनिधि सभाको बैंकमा कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले शेयर बजारको विषयमा कुरा उठाएकी हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सककार बन्नु अगाडि र बनेपछिको शेयर बजारको तुलना गरेकी छिन् ।
‘……लगभग ५० प्रतिशतसम्म पुगेको शेयर बजारको विषयमा यहाँहरूलाई नै मनन गर्नु विगत र वर्तमानमा कस्तो अवस्था छ जानकार नै हुनुहुन्छ होला ।’, सांसद सुशीलाले भनिन् ।
ढकाले काँग्रेसले उदार नीति लिएकाले गर्दा अहिले हाइड्रोमा लगानी बढेको र लाखौँले रोजगारी पाएको समेत बताएको बताइन् । उनले सरकारले १०० दिनमा प्रतिवेदन मात्र ल्याएको भन्दै सरकारले जनताको अपेक्षा अनुसार काम गर्न न सकेको बताइन् ।
झापा बिर्तामोड–९ गरामनीकी काँग्रेस नेतृ सुशीला समानुपातिकबाट सांसद बनेकी हुन् ।













