नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओ ज्योतिप्रकाश पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
सिईओ पाण्डेकी आमा इन्दिरा पाण्डेको ९१ बर्षको उमेरमा आज निधन भएकाे हाे । लामो समयदेखि स्वाँस्व प्रस्वाँसलगायतका रोगबाट पीडित पाण्डेको नर्भिक अस्पतालमा बिहान ८ बजे निधन भएको हो।
आजै पशुपति आर्यघाटमा उनकाे अन्तिम दाहसंस्कार गरिने छ। २०७९ साउनमा सिईओ पाण्डेका पीता दुर्गाप्रसाद पाण्डेको निधन भइसकेको छ।













