१८ भदौ २०८३, बिहिबार

बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर १५ गते, १६ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर १५ गते हुने भएको छ । बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न १६७ औं बैठकले बैंकको प्रधान कार्यालय कमलपोखरीमा भिडियो कन्फरेन्स मार्फत साधारण सभा बोलाउने निर्णय गरेको बैंकले जनाएको छ ।

त्यस्तै कार्तिक २८ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । बैंककोले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १३ प्रतिशत (१ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ) बोनस र कर सहित ३ प्रतिशत नगद (२५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद) गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख छ । बोनस वितरणपछि चुक्ता पूँँजी ९ अर्ब ९१ करोड ४५ लाख पुग्नेछ ।