सिंहदरबारमा सरकारी टोली र मिटरब्याज पीडितबीच सम्झौता हुँदै
काठमाडाैं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आज सम्झाैता हुने भएकाे छ। सम्झौतालाई अन्तिम रूप दिन सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याज पीडित पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर हुने भएकाे हाे।
लामो समयदेखि आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
यसअघि सिमरामा गृहमन्त्री र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिई औपचारिकता प्रदान गर्नका लागि दुवै पक्ष अहिले निर्णायक वार्तामा जुटेका हुन्।
सोही सहमतिलाई अन्तिम रूप दिनका लागि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको संवाद भइरहेको छ।
हिजो प्रधानमन्त्री कार्यालयमा दुवै पक्षबीच भएको सघन छलफल र त्यसअघि सिमरामा भएको समझदारीलाई नै मुख्य आधार मानेर आजको अन्तिम सम्झौता पत्र तयार पारिएको हो। आजको यस वार्तामा सहमति जुटेसँगै दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्।













