दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको एकल इजलाशले थुनछेक बहस गराएर दुबै जनालाई धरौटीमा छाड्न आदेश गरेको हो । असार २४ देखि सुरु भएको थुनछेक बहस असार ३२३ मा सकिएपछि अदालतले यी दुईलाई छाड्न आदेश दिएको छ ।
उनीहरुका विरुद्ध सरकारले बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तरगतका तीन फरक फरक मुद्दा दायर गरेको थियो । यसमध्ये सुलभ अग्रवाललाई तीनवटै मुद्दामा धरौटी माग गरिएको छ भने दीपक भट्टलाई दुईटा मुद्दामा धरौटी माग गरिएको छ ।
आदेश बमोजिम दीपक भट्टले २ करोड ५० लाख र सुलभ अग्रवालले ५ करोड ८० लाख धरौटी बुझाउनु पर्ने हुन्छ । यसरी दुई जनालाई गरी कुल ८ करोड ३० लाख धरौटी मागिएको छ ।
अदालतले आदेश दिए पनि त्यसको पत्र प्राप्त नभएकाले हिजो नै उनीहरु रिहा हुन सकेनन् । अब आज पत्र प्राप्त भएपछि बैंक ग्यारेण्टी धितो राखेर उनीहरु रिहा हुनेछन् ।













