के तपाईले एनआइसी एशिया बैंकको पासवर्ड विर्सिनुभयो ? चिन्ता नगर्नुहोस
काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकको पासवर्ड विर्सिएमा बैंकको शाखा कार्यालय धाउनु नपर्ने भएको छ । मोबाइल बैंकको पासवर्ड विर्सिएमा बैंकले घरमा नै बसेर रिसेट गर्न सकिने व्यवस्था मिलाएको छ ।
पासवर्ड Reset गर्नको लागिः
- मोबैंक खोल्नुहोस् र Forgot Password Tap गर्नुहोस् ।
- तपाईको बैंक खातामा दर्ता गर्नुभएको मोबाइल नम्बर, खाता नम्बर र सोधिएको जानकारी दिई Next बटन Tap गर्नुहोस् ।
- तपाईको उक्त मोबाइल नम्बरमा आएको ओटिपी (OTP) भरी पुनः Next बटन Tap गर्नुहोस् ।
- अब कसैले अनुमान गर्न नसक्ने र नबिर्सने नयाँ पासवर्ड राख्नुहोस् ।
- नयाँ Transaction PIN राखी Finish मा Tap गरी मोबैंकको पासवर्ड Reset गर्नुहोस् । अब मोबैंकबाटै अनलाइन कारोबार गरी छुट तथा Cashback को मज्जा लिनुहोस् ।










