रसुवागढी हाईड्रोपावरको सीईओमा पुष्कार अमात्य नियुक्त
काठमाडौँ। रसुवागढी हाईड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुष्कार अमात्य नियुक्त भएका छन्। उनलाई कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका सीईओ रहेका सत्य राम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत प्राधिकरणमा काज फिर्ता भएपछि साउन २ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओ नियुक्त गरेको हो।
नवनियुक्त सीईओ अमात्य कम्पनीद्वारा प्रवद्धित रसुवागढी जलविद्युत आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पदमा कार्यरत थिए।बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि कम्पनीको निमित्त सीईओको जिम्मेवारी अमात्यलाई सुम्पिने निर्णय गरेको थियो।













