जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई राहत प्याकेज तत्काल लागू गर्न सरकारको निर्देशन
काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूका लागि स्वीकृत एकीकृत सहायता प्याकेजको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउने निर्णय गरेको छ।
सोमबार बसेको नेपाल सरकारका सचिवहरूको बैठकले गत असार १८ गते मन्त्रिपरिषद्बाट अनुमोदन भएको सहायता प्याकेजलाई यथाशीघ्र कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
बैठकपछि जारी निर्णयअनुसार जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि स्वीकृत राहत कार्यक्रम प्रभावकारी रूपमा लागू गरिने उल्लेख गरिएको छ।
मन्त्रिपरिषद्ले केही साताअघि नै सहायता प्याकेज स्वीकृत गरे पनि त्यसको कार्यान्वयन प्रक्रिया अपेक्षाकृत सुस्त रहेको थियो। सचिवहरूको बैठकले अब थप ढिलाइ नगरी आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी कार्यान्वयन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।













