रोजगारीको अवसर प्रहरीले माग्यो ३६० जना « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

रोजगारीको अवसर प्रहरीले माग्यो ३६० जना



काठमाडौं । नेपाल प्रहरीले मातहतका कार्यालयमा कार्यालय सहयोगीका विभिन्न पदमा जागिर खुलाएको छ । शुक्रबार एक सार्वजनिक सूचना मार्फत विभिन्न पदमा ३६० जनाका लागि जागिर खुलाएको हो ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना मार्फत दरखास्त आह्वान गरेको जनाएको छ । खुला र समावेशी गरी माली तथा बगैंचे, भान्छे, हजाम, सिलाइ तथा बुनाइ, कुचिकार र खेलाडीमा दरखास्त खोलिएको छ । सूचना अनुसार ९ जना माली, २६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाई बुनाई , ५० जना कुचीका र १५ जना खेलाडीका लागि जागिर खुलाएको हो ।

मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ । खेलाडीतर्फ दरखास्त दिनेले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त बुझाउन पाउँछन् भने अरूका लागि ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्