कृषि व्यवसायीलाई १० करोडसम्म सिद्धार्थ बैंकले सहुलियत कर्जा दिने
काठमाडौं । सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई १० करोड रुपैयाँसम्मको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको हो । जसको लागि बैंकले “व्यवसायीक कृषि तथा पशुपालन कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।
यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिकरनवीकरण शुल्क नलाग्ने र १५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने) रहेको छ ।
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।










