थप २९०९ जनामा कोरोना संक्रमण, ४ हजार ५ सय जना संक्रमणमुक्त « Arthapath.com
९ असार २०८२, सोमबार

थप २९०९ जनामा कोरोना संक्रमण, ४ हजार ५ सय जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

नेपालमा आज ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्