हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओ दिनेश अमात्य नियुक्त, ३२ वर्ष बीमा क्षेत्रको अनुभव
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सिइओमा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । यसअघि आइएमई लाइफ इन्स्योरेन्सको डेपुटी सिइओ रहिसकेका अमात्य आज सोमबार देखी हिमालयन लाइफको डेपुटी सिइओमा ज्वाइन गरेका हुन् ।
हिमालयन लाइफको सिइओ कपिल दाहालको राजीनामा पनि कम्पनीमा सिइओ रिक्त रहेको थियो । बीमा क्षेत्रमा ३२ वर्षको अनुभव सङालेका अमात्य यसअघि आइएमई लाइफको डेपुटी सिइओ भएर ९ वर्ष काम गरे । उनी त्यसअघि तत्कालीन सूर्या लाइफ इन्स्योरेन्सका एजिएम भएर ९ वर्ष काम गरेका थिए ।
त्यस्तै नेशनल लाइफमा १४ वर्ष काम गरेका अमात्यलाई सङ्कटमा परेको हिमालयन लाइफको नेतृत्व सम्हाल्ने अवसर आइपरेको छ । यद्येपी कम्पनीमा हाल सिइओ खाली रहेको छ । सञ्चालक समितिले अमात्यको कार्य कुशलता चित्त बुझेमा उनैलाई सिइओ नियुक्त गर्ने सम्भावना रहेको छ ।













