शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा छाेड्न जिल्ला अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले भएको सुनुवाइपछि उनीविरुद्ध लगाइएका दुई फरक अभियोगमा छुट्टाछुट्टै धरौटी तोक्दै रिहा गर्ने निर्णय गरेको हो।
बिमा सम्बन्धी अभियोगमा गोल्छासँग ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी अभियोगमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। तोकिएको धरौटी बुझाएपछि उनी रिहा हुनेछन्।













