१३ श्रावण २०८३, बुधबार

सेयर बजारमा दबाब कायमै, नेप्से ७.७९ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित



काठमाडाैं । बुधबार लगातार तेस्राे दिन पनि सेयर बजारमा गिरावट आएकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६ सय ८८ दशमलव ८८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज म्युच्युअल फण्ड र अन्य समुहका उपसूचक बाहेक बाँकी ११ वटै उपसूचकहरु घटेका छन् ।

नेप्सेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ। यसदिन ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैँया बराबरको कारोबार हुँदा कुल ९७ लाख ७७ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएका छन्।

हिजाे १ करोड ४ लाख २१ हजार ८ सय ६३ कित्ता सेयर ४ अर्ब ४२ करोड ७३ लाख रूपैयाँमा काराेबार भएकाे थियाे ।

बुधबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।

यसदिन एभरेष्ट कलरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने गरिमा समृद्धि याेजना र ‘सिभिल बैंक डिबेञ्चर २०८८’ ६ प्रतिशबत भन्दा धेरै घटेकाे छ।