१५ श्रावण २०८३, शुक्रबार

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से



काठमाडाैं । लगातार चारदिन ओरालो लागेको सेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २६ सय ८५ दशमलव ५४ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैँया बराबरको कारोबार हुँदा कुल ८८ लाख ५१ हजार २ सय १६ कित्ता सेयर किनबेच भएका छन्। हिजाे कुल ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएको थियो।

आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।

आज रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ। ग्लोबल आईएमई बैंकको १५ करोड ३२ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख, रिलायन्स स्पिनिङ मिल्स्को ११ करोड ६० लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।