कारोबार बढे पनि नेप्सेमा सामान्य गिरावट, २६८४ बिन्दुमा झर्यो परिसूचक
काठमाडौं। साताको पहिलो कारोबार दिन सोमाबार सेयर बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ दशमलब २० अंकले घटेर २६ सय ८४ दशमलव ३३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आज कारोबार रकम भने बढेको छ। आज ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल १ करोड १४ लाख ४९ हजार ९ सय ८७ कित्ता सेयर किनबेच भएका छन्। शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैँया बराबरको कारोबार हुँदा कुल ८८ लाख ५१ हजार २ सय १६ कित्ता सेयर किनबेच भएका थियो।
आज १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।
आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, ब्यापार र अन्य समूहका उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचकहरु बढेका छन्।
यसदिन सर्वाधिक एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १४.९९ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ११.७७ प्रतिशतले बढेको छ। यता १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ को सेयर मूल्य ८.७२ प्रतिशत र रिलायन्स स्पीनिङ् मिल्सको सेयर मूल्य सर्वाधिक ७.४० प्रतिशत घटेको छ।













